गृहपृष्ठ Featured राहुल गान्धीलाई तत्काल कैद सजाय नहुने

राहुल गान्धीलाई तत्काल कैद सजाय नहुने

काठमाडौं ।

मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ ।

गान्धीले आफूलाई मानहानि मुद्दामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध सोमबार गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

अदालतले १३ अप्रिलसम्म तल्लो अदालतको फैसला कार्यान्वयन नर्गन भनेको हो । अब पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयन हुने छैन ।

अर्को सुनुवाइ १३ अप्रिलमा हुने तय भएको छ ।

सम्बन्धित् समाचार