गृहपृष्ठ Featured गुल्मीमा एक पुरुष मृत फेला

गुल्मीमा एक पुरुष मृत फेला

गुल्मीको मुसिकोट– ५ इन्द्रेगौँडाको भकुवामा एक व्यक्ति मृत फेला परेका छन्।

मुसिकोट नगरपालिका- ३ मैदान घर भई गुल्मी रेनपा– ७ बन्दै आएका ६३ वर्षका छविलाल सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले जानकारी दिए।

मृतक लामो समयदेखि भारतमा थिए। प्रारम्भिक अनुसन्धानअनुसार गत वर्ष भारतमा दुर्घटनामा परेर सुनारको मानसिक सन्तुलन गुमेको थियाे।

सुनार बिहीबार श्रीमतीसँग तम्घासबाट भान्जाको घर चन्द्रकोट– ८ हिँडेका थिए। उनले इन्द्रेगौँडामा श्रीमती छोडेर भागेका थिए। सुनारलाई नभेट्टाएपछि श्रीमतीले प्रहरीमा मौखिक जानकारी दिएकी थिइन्।

उनी शुक्रबार मृत भेटिएपछि मुचुल्का उठाएर शव गुल्मी अस्पताल ल्याउने काम भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

सम्बन्धित् समाचार