काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी त्यागेको घोषणा गरेका हुन् ।
पार्टी छाड्दै गर्दा उनले नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनको सीमसार दलदलमा फसेको बताए । पार्टी नेतृत्व पार्टीका बैठकमा नभई कोठेराजनीतिमा संलग्न भएको पनि उनको आरोप छ ।
स्थानीय तह हुँदै संघीय निर्वाचनसम्म आउँदा पार्टीले परिचय दिए पनि पहिचान दिन नसकेको उनको भनाइ छ । ‘भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि महत्त्वपूर्ण कुरा हो’ भन्दै आफूले साधारण सदस्यको जिम्मेवारीबाट समेत बाहिरिएको उनले बताए ।








