काठमाडौं ।
बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको छ ।
आईपीएल इतिहासकै दुई सर्वाधिक सफल टोलीबीचको भिडन्तमा चेन्नाइ हाबी बन्यो । बलिङमा जडेजाले तीन विकेट लिए । त्यसपछि ब्याटिङमा रहाने आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए ।








