गुल्मीको धुर्कोट र रुरु गाउँपालिकाले चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्झौता गरेका छन्। धुर्कोट गाउँपालिकाले तीन वटा स्थानीय तहसंग भगिनी सम्झौता गरेको छ। पछिल्लो पटक शनिबार धुर्कोट गाउँपालिकाले चितवनको भरतपुर महानरपालिकासंग भगिनी सम्झौता गरेको हो।
धुर्कोटले बाग्लुङको ताराखोला तनुहको बन्दिपुर गाउँपालिकाबिच भगिनी सम्झौता गरिसकेको छ। धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले भरतपुर महानरपालिकाका प्रमुख रेनु दाहालसँग संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हुन्।
दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचार–प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, दुवै स्थानीय तहले कृषि र पशुपालनका क्षेत्रमा अपनाइएका नयाँ प्रविधि, ज्ञान, सीपको आदान–प्रदान गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रम संचालन गर्ने उदेश्यले भगिनी सम्बन्ध स्थापना गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले बताए।








