काठमाडौं ।
सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको हो।
सोमबार प्रतितोला सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन १ लाख ९ हजार ३०० कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ।
आज ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार चाँदी तोलाको १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।








