गृहपृष्ठ Featured हर्टविट एफ.एम.द्धारा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

हर्टविट एफ.एम.द्धारा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु ।

म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालित हर्ट विट एफएम ९१.३ मेगाहर्जले नव वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

रेडियो हर्ट विटका सञ्चालक समिति अध्यक्ष धातानन्द भुसालको अध्यक्षता, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थिको प्रमुख आतिथ्यता, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, उप मेयर रिताकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको विशिष्ट आतिथ्यता, बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, ७ का वडा अध्यक्ष विष्णु गिरी, ९ का वडा अध्यक्ष कमल पौडेल लगायतको आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्मपन्न भएको हो ।

 

कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थिले अहिले समाजमा बढिरहेको बेथितिलाई नियन्त्रण गर्न सञ्चार जगत स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनु भएको छ । जनतालाई सुसूचित गराएर समाजलाई सकरात्मक बाटोमा हिडाल्नु मिडिया क्षेत्रको कर्तव्य रहेकोले त्यसलाई सञ्चारकर्मीले आत्मसात गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । जिम्मेवार निकायलाई खबरदारी र जनतालई सहि सुचना प्रदान गर्न सकेमात्र मिडियाको धर्म बच्ने बताउनु भएको थियो ।

त्यस्तै उहाँले फरक प्रसङ्गमा बोल्दै गत बर्ष सम्पन्न भएका कामहरुको भुक्तानी दिनुपर्ने अर्बौ रकम भुक्तानी नभएको बताएका छन् । उनले पुँजीगत खर्च कमजोर स्थितिमा रहदाँ प्रदेश सरकारले विकास गर्न नसकेको बताए । ‘पुँजीगत खर्च जति गछौं, त्यति अर्थव्यवस्था चलायमान हुन्छ,’ उनले भने, ‘सरकारको राजश्व बढ्छ, विभिन्न करबाट पैसा फिर्ता आउँछ, अनि पुँजी परिचालन हुन्छ ।’ मुलुकको अर्थ व्यवस्थाप्रति सरकार गम्भिर नभएको समेत उनको दाबी छ । उनले उद्योगी व्यवसायीले बैंकमा व्याज तिर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी र नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले नव वार्षको शुभकामना दिदै अराजकतालाई बाहिर ल्याउन सञ्चार क्षेत्र डगमगाउन नहुने बताउनु भएको थियो । आग्रह पुर्वाग्रह नराखि सत्य र निष्पक्ष ढगंबाट समाचार सम्प्रेशण गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।

त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, ७ का वडा अध्यक्ष विष्णु गैरे, ९ का वडा अध्यक्ष कमल पौडेल लगायतले नव वर्ष २०८० को शुभकामना दिदै मिडियाले जनतालाई सुसूचित गर्नुपर्ने बताउनु भएको थियो । देशमा बढिरहेको अनियमितता र भ्रष्टचारलाई रोक्नको लागि सञ्चारकर्मी र सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका रहने उहाँहरुले बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै रेडियो सञ्चालक समिति अध्यक्ष धातानन्द भुसालले नव वर्षको शुभकामना दिदै अफ्ठ्यारो परिस्थितिमा पनि रेडियोलाई स्वतन्त्र र निस्पक्ष रुपमा सञ्चालन गरिरहेको जिकिर गर्नुभएको छ । रेडियो सञ्चालन गरेदेखि नै बिचबिचमा विभिन्न अफ्ठ्याराहरु आएको स्मरण गर्दै ति समस्या बाट ज्ञान लिँदै एफ.एम. लाई अझ ससक्त ढगं बाट अघि बढाउने प्रतिबद्धता व्याक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा रेडियो हर्ट विटका निवर्तमा अध्यक्ष कृष्ण भट्टराई, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बर्जाचार्य, मानव अधिकार तथा शान्ती समाज कपिलवस्तुका अध्यक्ष माधव घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

रेडियो सञ्चालक समितिका पदाधिकारी, रेडियोका कर्मचारी, विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत विभिन्न व्याक्तिको उपस्थिती रहेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको स्वागत तथा रेडियोका स्टेसन म्यानेजर अशोक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार