गृहपृष्ठ Featured कपिलवस्तु विद्या मन्दिरमा बार्षिक परिक्षाफल प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

कपिलवस्तु विद्या मन्दिरमा बार्षिक परिक्षाफल प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ लौगाईमा अवस्थित कपिलवस्तु विद्या मन्दिरले बार्षिक परिक्षाफल प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार उक्त कार्यक्रम विद्यालयको प्राङ्गणमा एक भव्य समारोहकाबीच सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले विद्यालयको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै खुशी व्यक्त गरेका थिए । उनले शिक्षाको हव मानिएको बाणगंगामा विद्यार्थीलाई तान्ने प्रतिस्पर्धा चलेको बताए । विद्यार्थीको शिक्षा स्तर बढाउन आवश्यक पुर्वाधार निर्माण गरि अघि बढ्न आग्रह गर्दै उनले आफुले सक्ने सहयोग गर्न सदैव तयार रहेको प्रतिवद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविराज आचार्यले शैक्षिक गुणस्तर कायम राख्दै विद्यालयलाई नमुना बनाउन आफु प्रतिवद्ध रहेको जिकीर गरे । विधार्थीको सुन्दर भविष्य सुनिश्चित गर्न आवश्यकतामा आधारित शिक्षा प्रदान गर्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा कक्षामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने १५ जना छात्राहरुलाई छात्रवृति समेत प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा शिक्षक सेवा आयोगमा नाम निकालेर विभिन्न विद्यालयमा सिफारिस हुन सफल १० जना विद्यालयका पुर्व शिक्षक शिक्षिकालाई सम्मान गरिएको छ ।

शिक्षिका कल्पना खरेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविराज आचार्यको अध्यक्षता, शिक्षा विकास समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका सदस्य भेषराज कुँवर, विष्णु मल्ल लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित् समाचार