कोरोना महामारीपछि चीनबाट पहिलोपटक चार्टर उडानबाट एक सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालय एयरलाइन्सको चार्टर उडानबाट आएका पर्यटकलाई पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ र पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । पर्यटकलाई स्वागत गर्दै मन्त्री किराँतीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिडपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
कोभिडपछि चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छैनन् । हालै मात्र चीनले आफ्ना नागरिकका लागि घुम्न जाने देशको सूचीमा नेपाललाई पनि समेटेको छ । चीनबाट मार्चमा करिब २६ सय मात्र पर्यटक भित्रिएका छन् ।








