गृहपृष्ठ Featured भारतमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

भारतमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ ।

भारतको महाराष्ट्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ ।

पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेको बस शनिबार बिहान दुर्घटनामा परेको हो ।घाइतेहरूको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ ।

सम्बन्धित् समाचार