गृहपृष्ठ Featured लुम्बिनीमा सरकार निर्माणबारे सत्तापक्ष र विपक्षकाे आ-आफ्नै दाबी !

लुम्बिनीमा सरकार निर्माणबारे सत्तापक्ष र विपक्षकाे आ-आफ्नै दाबी !

रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने भएका छन् । सोही योजनाअनुसार प्रदेश सभाको बैठक यही वैशाख ११ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बोलाएको हो ।

उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले हालसम्म विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव भने दर्ता भइनसकेको बताए ।

तर, वैशाख १२ भित्र विश्वासको मत लिनैपर्ने भएकाले ११ गतेकै बैठकमा विश्वासको मत लिनेगरी तयारी अघि बढेको सरकारका प्रवक्ता मन्त्री चेतनारायण आचार्यले बताए ।

‘सदनमा विश्वासको मत लिनेगरी मुख्यमन्त्रीज्यूले तयारी गर्नुभएको छ, कानुनी प्रकृयाअनुसार नै हामीले फेस गर्नेछै, त्यसपछिको प्रकृया त्यो दिनको नतिजाले निर्धारण गर्नेछ’, उनले भने । गिरीले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो ।यसअघि माघ ५ गते उनले विश्वासको मत लिएका थिए ।

सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् ।

सम्बन्धित् समाचार