पाल्पा ।
तानसेन नगरपालिकाले भत्काइरहेको पाल्पा दरबार क्षेत्रका संरचना उच्च अदालतको आदेशपछि रोकिएको छ ।
नगरपालिकाले पाल्पा दरबार परिसरका संरचना भत्काउन थालेपछि उक्त काम रोक्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट परेको थियो । उच्च अदालतले तत्काल ती संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए ।