दाङ ।
लुम्बिनी प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले सोमबार दिउँसो प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन् ।
प्रदेशसभा भवन निर्माण तथा मन्त्रालयका भवन व्यवस्थापन बापतको करिब १२ करोड रुपैयाँ भुक्तानी नभएको भन्दै निर्माण व्यवासयीले प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
प्रदेशसभा भवन निर्माणको ६ महिना बितिसक्दा पनि भुक्तानी नपाएको निर्माण व्यवसायी यज्ञ केसीले बताए । भुक्तानी नपाएपछि दबाव दिन सांकेतिक रुपमा प्ले कार्ड प्रदर्शन गरेको उनले बताए ।








