गृहपृष्ठ Featured लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

प्रकाशित मिति:
दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले विना विभागीय मन्त्रीकोे शपथ लिएका छन् ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

सम्बन्धित् समाचार