गृहपृष्ठ Featured सामाजिक संजालमा अनावश्यक रुमलिएर सफलता हासिल हुदैंन् : जिसी

सामाजिक संजालमा अनावश्यक रुमलिएर सफलता हासिल हुदैंन् : जिसी

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुुख खिम बहादुर जिसीले परिक्षामा उत्तर लेख्दाँ मौलिकता ल्याउन सक्नुपर्ने बताएका छन् । परिक्षामा हचुवाका भरमा लेखेर राम्रो अंक नआउने भन्दै उनले प्रश्नलाई राम्रोसंग अध्ययन गरेर मूल मर्मलाई बुझेर मात्र उत्तर लेख्न सुझाव दिए ।

सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ मा अवस्थित होराईजन अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा भएको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जिसीले विद्यार्थीलाई शुभकामना दिदैं परिक्षामा लेख्ने क्रममा नआतिएर आफुमा निहित ज्ञान प्रस्फुटन गर्नुपर्ने बताए ।

सामाजिक संजालमा अनावश्यक रुपमा रुमलिएर सफलता हासिल नहुने भन्दै उनले निश्चित लक्ष्य राखेर अघि बढ्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा राजेन्द्र प्रसाद ध्वजु, विद्यालयका प्रअ बासुदेव घिमिरे लगायतले कार्यक्रममा बोल्दै कक्षा १२ का विद्यार्थीलाई परिक्षाको लागी शुभकामना दिदैं विगतमा जस्तै यस बर्ष पनि सर्वोत्कृष्ट अंक ल्याएर उतिर्ण हुने विश्वास व्यक्त गरेका थिए ।

कक्षा ११ को आयोजनामा भएको उक्त कार्यक्रम विद्यालयको सभाहलमा एक भव्य समारोहकाबीच सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार