पाल्पा ।
पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाकाे ज्यान गएकाे छ ।
आज साेमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।








