गृहपृष्ठ Featured बुटवलबाट पक्राउ परे टोपबहादुर रायमाझीका छोरा सन्दीप

बुटवलबाट पक्राउ परे टोपबहादुर रायमाझीका छोरा सन्दीप

बुटवल । 

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। सन्दीपलाई बुटवलबाट पक्राउ गरी भैरहवा लगिएको प्रहरी प्रमुख भरत विकले जानकारी दिए।

उनको स्वास्थ्य परीक्षण गरी जिप्रका रूपन्देहीमा राखिएको र भोलि काठमाडौं पठाउने तयारी छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका बाबु- छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए।

सोही घटनामा संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। यसअघि मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई प्रक्राउ परेका थिए । राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर,उनी फरार छन्।

नक्कली भुटानी  शरणार्थी प्रकरणमा राईका बाबु छोरा र रायमाझीका बाबु छोराको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले सन्दीपको नाममा काटिएको डेढ करोडको चेक पनि प्रमाणको रुपमा फेला पारेको उच्च स्रोतले जनाएको छ।

सम्बन्धित् समाचार