गृहपृष्ठ Featured लुम्बिनीका प्रादेशिक अस्पतालमा थन्किए आधुनिक उपकरण

लुम्बिनीका प्रादेशिक अस्पतालमा थन्किए आधुनिक उपकरण

दाङ ।

लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेका दुई ठुला सरकारी अस्पताल हुन्– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तीन सय बेड र राप्ती प्रादेशिक अस्पतालले ५० बेडसहित सेवा प्रवाह गरिरहेका छन् ।

प्रतिष्ठानका तीन सय बेडमध्ये १० बेडमा आईसीयु सेवा सञ्चालन गरेको छ भने राप्ती प्रादेशिक अस्पतालमा आईसीयु र भेन्टिलेटर सेवा छैन ।

कोरोना महामारीमा राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरले प्रदेश तथा संघीय सरकारको सहयोगमा सय बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको थियो । उक्त अस्पतालमा २० बेड आईसीयु र ९ बेड भेन्टिलेटर सेवा सञ्चालनमा थियो ।

तर, महामारीको प्रभाव कम भएसँगै आईसीयु र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका छन् । जिल्लामा सरकारी अस्पतालको स्वास्थ्य सेवाको अवस्था र संरचनामा केही सुधार देखिए पनि

महामारीको समयमा चलेको आईसीयु र भेन्टिलेटर सेवा प्राविधिक जनशक्ति र संरचना नहुुँदा अहिले अस्पतालले चलाउन नसकेको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. ओम अर्यालले बताए ।

कोरोना महामारीको समयमा सरकारले उक्त उपकरण राप्ती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । ती उपकरण अहिले प्रयोगबिहीन हुँदा दाङवासीले सघन स्वास्थ्य उपचार सेवाको अभाव झेल्नुु परेको छ । कतिपयले आईसीयुु तथा भेन्टिलेटरको अभावमा ज्यानसमेत गुुमाउनुु परिरहेको छ ।

सघन उपचार सेवाको अवस्था भने उस्तै नाजुक छ ।

महामारीको समयमा सञ्चालित आईसीयु र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका हुन् । राप्ती प्रादेशिक अस्पतालको गोदाममा २० थान आईसीयु उपकरण र ९ थान भेन्टिलेटर उपकरण अलपत्र अवस्थामा छन् ।

सम्बन्धित् समाचार