गृहपृष्ठ Featured नारायणगढ-बुटवल सडकको निर्माण गति सुस्त !

नारायणगढ-बुटवल सडकको निर्माण गति सुस्त !

काठमाडौं ।

सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार प्रगति हुनसकेको छैन ।

सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो । वर्षात्का बोला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको हो । ठेक्का थपिएको अवधि साउनसम्ममा सकिनुपर्नेमा अहिलेसम्मको दुवै ठेक्कामा गरी प्रगति झन्डै ३१ प्रतिशत रहेको छ ।

अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९.०९ प्रतिशत र वित्तीय प्रगति २०.४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । झन्डै साढे पाँच किमी सडकमा एक तहको कालोपत्र सकिएको नारायणगढ–बुटवल सडक पश्चिमखण्ड आयोजनाका इञ्जीनियर शिवु खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म जम्मा दुई सय मिटर बाटोमा मात्रै दुई तहको कालोपत्र भएको छ ।

सम्बन्धित् समाचार