गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसी नियुक्त

लुम्बिनी प्रदेश : योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसी नियुक्त

दाङ।

लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा.केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान छ ।

गरिबी विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकाससंग जोडिएर दशक वढी काम गरेका व्यक्ति हुन् ।

सम्बन्धित् समाचार