गृहपृष्ठ Featured टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा !

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा !

प्रकाशित मिति:

काठमाडौं ।

नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाइ अमेरिका पठाउने भन्दै भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको घरमा उनको सवारी साधन भेटिएको तर मान्छे नभेटिएको प्रहरीले जनाएको छ ।

यो घटनामा हालसम्म रायमाझीका छोरा सन्दीपसहित, पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।

सम्बन्धित् समाचार