काठमाडौँ ।
निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्य बुधबार थप ४ सय रुपैयाँले वृद्धि हुँदै १ लाख ११ हजार ६ सय रुपैयाँमा उक्लिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि वैशाख २१ गते हालसम्मकै उच्च मूल्य कायम हुँदै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । पछिल्लो दिनको मूल्यले पुनः सोही रेकर्ड भेट्ने संकेत गरेको छ ।