गृहपृष्ठ Featured बर्दियाको मधुवनमा आगलागी : जले आठ घर

बर्दियाको मधुवनमा आगलागी : जले आठ घर

प्रकाशित मिति:

बर्दिया ।

मधुवन नगरपालिका—१ डाँडागाउॅ कैलाशीमा आगलागी हुँदा आठ घर जलेका छन् । कच्ची फुसको घरमा बिहीबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी दमकलसहित स्थानीयवासी, प्रहरीले निभाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले बताए । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आएको छैन ।

सोही वडाका अध्यक्ष मिन थापाले स्थानीय गौरी रोकायको घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायण रिसाललगायत सुरक्षाकर्मी पुगेको उनले जनाए ।

पीडित परिवारलाई तत्काल बसोबासका लागि त्रिपाल, खाने, बस्ने प्रबन्धमा जुटेको वडाध्यक्ष थापाले बताए । घटनास्थल सदरमुकाम गुलरियादेखि करिब ३५ किमि पश्चिम उत्तरमा पर्छ ।

सम्बन्धित् समाचार