गृहपृष्ठ Featured रोमाद्वारा लिभरकुजेन पराजित

रोमाद्वारा लिभरकुजेन पराजित

युइएफए युरोपा लिग फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा इटालीको ए.एस रोमाले जर्मनीको बायर लिभरकुजेनलाई पराजित गरेको छ । शुक्रबार बिहान सकिएको खेलमा रोमाले लिभरकुजेनलाई १–० ले पराजित गरेको हो ।

इटालीको रोममा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडुवार्डो बोभेले ६२ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै रोमाले फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । दोस्रो लेगको खेल अर्को हप्ता जर्मनीमा हुनेछ ।

सम्बन्धित् समाचार