काठमाण्डाै ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राेयल च्यालेन्जर्स बेङ्गलाेरले राजस्थान राेयल्सलाई १ सय १२ रनकाे फराकिलाे अन्तरले हराएकाे छ ।
बेङ्गलाेरले दिएकाे १ सय ७२ रनकाे लक्ष्य पछ्याएकाे राजस्थान १० ओभर ३ बलमा ५९ रनमै अलआउट भयाे । राजस्थानका शिमरन हेटमायरले सर्वाधिक ३५ रन बनाए पनि अन्य ब्याटरले राम्राे प्रदर्शन गर्न सकेनन् ।
राजस्थानका पाँच जना खेलाडीले एक रन पनि जाेड्न सकेनन् । बलिङतर्फ बेङ्गलाेरका वेन पार्नेलले ३ तथा माइकल ब्रेसवेल र करन शर्माले २/२ विकेट लिए ।
यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायाे । बेङ्गलाेरका फाफ डु प्लेसिसले ५५, ग्लेन म्याक्सवेलले ५४ र अनुज रावतले नटआउट २९ रन बनाए । बलिङतर्फ राजस्थानका एडम जम्पा र केएम आसिफले २/२ विकेट लिए ।
याे जितसँगै बेङ्गलाेर १२ खेलमा १२ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । बेङ्गलाेरकाे प्लेअफ सम्भावना कायमै छ । १३ खेलमा १२ अङ्क भएकाे राजस्थान छैटाैँ स्थानमा छ ।








