गृहपृष्ठ Featured भैरहवाको टाइगर प्यालेस रिसोर्ट जफत गर्ने प्रक्रिया अघि बढ्यो

भैरहवाको टाइगर प्यालेस रिसोर्ट जफत गर्ने प्रक्रिया अघि बढ्यो

रुपन्देही ।

मालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ । उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीले हदबन्दीभन्दा बढी जग्गा भेटिएको पुष्टि गरे । ‘उजुरी परेको रहेछ, छानविन गर्दा ११ विगाहा राख्न पाउनुपर्नेमा १३ विगाहा राखेको भेटिइसक्यो’ महानिर्देशक सोतीले भने, ‘अरु ठाँउमा पनि जग्गा छ कि भनेर सम्बन्धित निकायबाट खोजविन भइरहेको छ । भेटियो भने थप जग्गा सरकारले जफत गर्नेछ ।’

भूमिसम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिए बढेको हदसम्मको जग्गा सरकारले जफत गर्न पाउँछ । त्यसरी जफत गर्दा सम्बन्धित जग्गाधनीले आफूले राख्ने जग्गा रोज्न पाउने उनले बताए ।

सम्बन्धित् समाचार