गृहपृष्ठ Featured बुद्धभूमि- ५ र ६ मा नि:शुल्क पाठेघर सम्बन्धि शिविर : ३७० जना महिला लाभान्वित

बुद्धभूमि- ५ र ६ मा नि:शुल्क पाठेघर सम्बन्धि शिविर : ३७० जना महिला लाभान्वित

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा महिलाहरुमा हुने प्रजनन स्वास्थ्य रुग्मणको स्कृनिङ तथा व्यवस्थापन सम्बन्धि नि:शुल्क पाठेघर शिविर सम्पन्न भएको छ । नगरपालिकाले आयोजना गरेको उक्त शिविर मंगलबार र बुधबार सम्पन्न भएको हो ।

नगरप्रमुख केशवकुमार श्रेष्ठले स्वास्थ्य नै मानिसको धन भएकाले सबै आफ्नो स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको बताए । आर्थिक अवस्था कमजोर भएर औषधी उपचारबाट बञ्चित हुने घरपरिवारलाई स्वास्थ्यको पहुँचमा ल्याउन यस्ता शिविर महत्वपुर्ण सावित हुने उनले बताए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको दाबी गर्दै नगरप्रमुख श्रेष्ठले सोही अनुरुपका योजना कार्यान्वयनमा नगर प्रतिवद्ध रहेको बताए । उक्त शिविरबाट ३७० जना महिलाहरु लाभान्वित भएका वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले जानकारी दिए । उनीहरुलाई आवश्यक परामर्शसहित औषधीको व्यवस्था मिलाईएको उनले बताए ।

उनले वडावासीलाई स्वास्थ्य विमामा आवद्ध हुन अपिल समेत गरे । राज्यले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै उनले व्यक्ति स्वयम् स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताए । शिविरमा पाठेघरको मुखको क्यान्सरको भिआईए परिक्षण, पाठेघर खस्ने समस्याको जाँच तथा रिङ पेशरी राख्ने, महिलाहरुमा देखिने फिस्टुलाको उपचार, बाँझोपन सम्बन्धि परामर्श लगायतका सेवा प्रदान गरिएको थियो ।

बुद्धभूमि नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालले संयोजन गर्नुभएको उक्त शिविरमा कपिलवस्तु जिल्ला अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.प्रसंशा गुरुङ र डा.सविना खाँ ले सेवा दिएका थिए ।

सम्बन्धित् समाचार