सागर वि.क., वैखरी अनलाईन ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्यालले आर्थिक अनियमितता हुन नदिन आफु प्रतिवद्ध रहेको बताएका छन् । उनले राजनितिक प्रतिशोध र व्यक्तिगत अन्तरविरोधका आधारमा अख्तियारमा उजुरी पर्ने गरेको बताउँदै उनले यस्तो बताएका हुन् ।
आर्थिक क्रियाकलापहरु पारदर्शी, नियमसंगत र औचित्यपुर्ण भएनभएको विषयले आर्थिक सुशासनलाई ब्याख्या गर्ने उनको भनाई छ । उनले समयमा राजश्व दाखिला नगर्ने कर्मचारीहरुलाई तलब रोक्का गर्नेदेखि जरिमाना समेत लगाउने गरेको बताए । अबैध रुपमा हुने माटो उत्खननलाई रोक्न माटो उत्खनन् सम्बन्धि कार्यविधि बनाएर अघि बढेको उनले जानकारी दिए । अबैध रुपमा माटो उत्खनन गर्नेलाई कानुनी दायरमा ल्याएको दाबी गर्दै उनले भने, ‘त्यस्ता व्यक्ति सवारी साधानलाई जरिवाना तिराएका छौ । प्रहरीसंग समन्वय गरेर पक्राउ समेत गरेका छौं ।’
उनले वडाबाट हुने राजश्व चुहावट रोक्न वडाबाट प्राप्त हुने सिफारिस प्रणालीलाई सफ्टवेरको रुपमा विकास गरिएको बताए । उनले अहिले पुर्ण रुपमा विद्युतीय भुक्तानी प्रणाली अवलम्बन गरेको बताए । जसले सेवाग्राहीहरु चेक लिन नगरपालिका धाउनुपर्ने स्थितिको अन्त्य भएको उनको भनाई छ । आवश्यक कागजात पुरा भई आएको फाईल एकछिन पनि नरोक्ने बताउँदै उनले भने, ‘सम्पुर्ण प्रक्रिया पुरा गरेर मात्र भुक्तानीको काम अगाडि बढाउने कार्यमा प्रतिवद्ध छु । अनावश्यक दबाद त्यति धेरै आउँदैन् । आए पनि चुक्नेवाला छैन् ।’
यस नगरपालिकामा ४ बर्ष खर्चिएका अर्यालले गत दुई बर्ष लुम्बिनी साँस्कृतिकलाई रुपन्देही जिल्लामै कम बेरुजु आउने पालिकाका रुपमा स्थापित गर्न सफल भए । गत आर्थिक बर्षमा ७६ लाख रुपैयाँ मात्र बेरुजु देखिएको उनले बताए ।
उनले बेरुजु फस्र्यौट सम्बन्धि कार्यविधि छिट्टै बनाउने तयारीमा आफुहरु जुटेको बताए । नियमानुसार काम गर्दै गए जस्तो सुकै उजुरी परे पनि कुनै फरक नपर्ने उनको भनाई छ ।
उनले अर्थमन्त्रालयको खर्च मापदण्ड निर्देशिका अनुसार खर्च गरे बेरुजु पनि कम आउने र अनिमितताका उजुरी पनि कम पर्ने बताए ।
अर्याल लुम्बिनी प्रदेशकै एक कुशल आर्थिक प्रशासकका रुपमा परिचित छन् ।
भिडियो सहित
https://studio.youtube.com/video/ceWppwP9yhM/edit