वैखरी अनलाईन, बाणगंगा ।
नेपाल विधार्थी संघ (नेविसंघ) बाणगंगा नगरपालिकाको संयोजकमा विशाल अधिकारी चयन भएका छन् । संघका जिल्ला सभापति माधव पौडेलले अधिकारीलाई संयोजकको जिम्मेवारी प्रदान गरेका हुन् । संघको विधान २०२७ को सातौं सशोधन २०७५ धारा २२ मा रहेको प्रावधान अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी दिएको उनले जिल्ला सभापति पौडेलले बताए ।
अधिकारी जुझारु विधार्थी नेताका रुपमा परिचित छन् । संयोजकको जिम्मेवारी प्राप्त गरेका अधिकारीले विधार्थीको हकहित र अधिकारको लागी थप शसक्त रुपमा आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाएका छन् ।
विगतमा पनि विधार्थीहरुको साथमा रहेर काम गर्दै आईरहेको बताउँदै उनले भने, ‘विधार्थीहरुको समस्यालाई नजिकबाट बुझेर समाधानका लागी पहल गर्ने छु । शिक्षामा सबैको सहज पुहँच हुन जरुरी छ, त्यसका लागी अहोरात्र खट्ने छु ।’
उनले सबै विधार्थीहरुको साझा प्रतिनिधि भएर काम गर्ने समेत दाबी गरे । नेविसंघलाई सुदृढ र संगठित बनाएर अघि बढ्ने उनको भनाई छ ।








