गृहपृष्ठ Featured रुपन्देहीमा तीन दिने युवा सम्मेलन

रुपन्देहीमा तीन दिने युवा सम्मेलन

तिलोत्तमा ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका सयभन्दा बढी किशोरकिशोरी रुपन्देहीको तिलोत्तममा भेला भएका छन् । किशोरकिशोरीको क्षमता अभिवृद्धि र नेतृत्व विकास उद्देश्यले आयोजित तीन दिने युवा सम्मेलनमा उनीहरु सहभागी भएका हुन् ।

प्रदेशस्तरीय किशोरकिशोरी तथा युवा सन्जालले स्थानीय र प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयारी गरिरहेको नीति, कार्यक्रममा आफ्ना मुद्दा समेट्न दबाब र सुझाव दिन बिहीबारदेखि सम्मेलन आयोजना गरेको हो ।

प्रदेशका ६ वटा जिल्लामा वडा, पालिकास्तरीय सञ्जाल गठन भइसकेका छन् । पालिकाबाट छनोट भएका युवाको प्रदेशस्तरीय सन्जाल छ ।

सम्बन्धित् समाचार