रुपन्देही ।
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा सत्तापक्षीय विद्यार्थी संगठनहरुले ताला लगाएपछि स्थगित भएको थियो । चुनावको माग गर्दै अदालतमा रिट परेपछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासले बैशाख १० गते ३० दिन भित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशअनुसार जेठ ११ गते मनोनयन दर्ता भएको थियो ।








