गृहपृष्ठ Featured महोत्तरीमा पेस्तोल देखाएर बैंकबाट ३५ लाख लुटपाट !

महोत्तरीमा पेस्तोल देखाएर बैंकबाट ३५ लाख लुटपाट !

प्रकाशित मिति:

काठमाण्डाै ।

महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ । आज मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

चार जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताउनुभयो ।

सीसीटीभीमा देखिएको फुजेटअनुसार लुटेराले ढुक्कसँग लुटपाट गरेका छन् । सीसीटीभीमा स्पष्ट दृश्य देखिएको र उनीहरूले मुकुण्डो नलगाएकाले चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ ।

सम्बन्धित् समाचार