वैखरी अनलाईन, बाणगंगा ।
गर्मी बढेपछि कपिलवस्तुका स्थानीय तहले विदा दिन थालेका छन् । जिल्लाको बाणगंगा नगरपालिकाले यही जेठ २२ देखि २८ गतेसम्म विदा दिने निर्णय गरेको छ भने कपिलवस्तु नगरपालिकाले जेठ २२ गतेदेखि जेठ २६ गतेसम्म विदा दिएको छ ।
शैक्षिक बर्ष २०८० को क्यालेण्डरमा रहेको गर्मी विदा अनुसार नै नगरका सामुदायिक र संस्थागत सबै विद्यालयमा गर्मी विदा दिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिएका छन् ।
उनका अनुसार शुक्रबार प्रधानाध्यापकहरुको बसेको बैठकले सो निर्णय गरेको हो । बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न कठिनाई भएपछि नगरका सबै विद्यालयमा गर्मी विदा दिएको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले जानकारी दिए ।
पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ ।








