चेतन विष्ट, बाणगंगा
बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले वडाको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
वडाको चौतर्फी बिकास आफनो लक्ष्य रहेको बताउदै वडाध्यक्ष चौधरीले वडाका हरेक गाउ टोललाइ बिकासको मुलधारमा ल्याउने बताउनु भयो ।
वडा नः ११ को आयोजनामा वडा कार्यलयमा आइतवार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले आर्थिक वर्ष २०७९÷८० मा वडा, नगर, प्रदेश र केन्द्रीय सरकार बाट आएका योजना र तिनको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले पुरा नभएका योजनालाई छिटो पुरा गर्नको लागि आफु लागिपरेको समेत बताउनुभएको थियो ।
भावि योजनाको लागि आफ्नो धारणा प्रस्तुत गर्नुभएका उहाँले सहभागिहरु बाट सुझाब र सल्लाह समेत माग गर्नुभएको थियो । त्यस्तै उहाँले वडामा रहेका हरेक टोलविकास संस्था, राजनैतिक दल, संघ सस्था सङ्ग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको थियो ।
कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, बिद्यालय, प्रहरी चौकी, स्वास्थ्य कार्यालय, एकल महिला, बाल क्लव, जेष्ठ नागरिक, सामुदायिक बन लगायतका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
सो अवसरमा लक्षित बर्गका कार्यक्रम र त्यसको प्रभावबारे वडासदस्य तथा महिला नेतृ इमकला केसि (शारदा)ले आफनो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण वैखरी मिडिया प्रा.ली.ले गरेको थियो ।








