गृहपृष्ठ Featured रेशम चौधरीलाई रिहाइ गर्ने निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

रेशम चौधरीलाई रिहाइ गर्ने निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं ।

सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार प्रकाशमान सिंह राउतले एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो ।

सर्वोच्चले रिट निवेदनलाई अग्राधिकारसमेत दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते रेशमसहितलाई आममाफी दिएका थिए ।

सम्बन्धित् समाचार