गृहपृष्ठ Featured भोलि लुम्बिनी केबलकारको उद्घाटन

भोलि लुम्बिनी केबलकारको उद्घाटन

प्रकाशित मिति:

काठमाडौं ।

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि बिहीबार हुनेभएको छ । आईएमई समूहको लगानीमा बनेको केबलकारको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिने बताए ।  भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने  सम्भावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए ।

१५ जेठमा मात्रै  कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरिएको थियो । बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको  केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

सम्बन्धित् समाचार