वैखरी अनलाईन, बाणगंगा ।
लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष धातानन्द भुसालले स्थापना गरेको खेम-सावित्रा सम्मान लायन्स अक्षयकोषमार्फत छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका- १ स्थित बुधबार आयोजित एक कार्यक्रमकाबीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । नगरका ६ ओटा विद्यालयबाट १२ जना विभिन्न विधामा उत्कृष्ट रहेको विद्याथीका लागि छात्रवृत्ति वितरण गरिएको हो ।
उनले विधार्थीको पढाईप्रतिको लगावलाई यस्ता कार्यले थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । पारिवारिक आर्थिक विपन्नताले पढाईबाट बञ्चित हुनुपर्ने स्थितिलाई छात्रवृतिले रोक्ने उनको भनाई छ ।
भूसालले छात्रवृतिले विधार्थीको शैक्षिक गुणस्तर तथा पढ्नुर्पछ भन्ने मनोवल भावनालई प्रोत्साहन गर्न छात्रवृति प्रदान गरेको बताए । हर्टविट एफ।एम।का अध्यक्ष समेत रहनुभएका अध्यक्ष भुसालले परिवारको खुसि आफ्नो खुसि भएको प्रष्ट पर्दै सामाजिक सेवामा सर्मपित उहाँकि दम्पति भगवती भुसालको चाहनाअनुसार अक्षयकोषको स्थापना गरिएको स्मरण गराए ।
आफुहरुले समाजमा सकारात्मक सन्देश दिन विगतदेखि नै भूमिका निर्वाह गर्दै आईरहेको र सोही अनुरुप यो पनि एउटा कदम भएको अध्यक्ष भूसालको भनाई छ ।
कार्यक्रममा बोल्दै अध्यकोष दाता भुसालले सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र नभई निजि विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि पनि छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।
विद्यार्थीहरुलाई नगदसहित सम्मान पत्र पनि वितरण गरिएको हो ।