गृहपृष्ठ Featured रानाभाट समाज लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा युवराज पौडेल

रानाभाट समाज लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा युवराज पौडेल

प्रकाशित मिति:
कपिलवस्तु ।
रानाभाट/भाट  समाज नेपाल  लुम्बिनी प्रदेशको प्रथम अधिवेशन कपिलवस्तुको बाणगंगामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले युवराज पौडेल भाट (पाल्पा) को अध्यक्षतामा  १७ सदस्यीय  कार्य समिती सर्बसम्मत रुपमा चयन भएको ।
जसमा रत्न  बहादुर पौडेल भाट बरिस्ठ उपाध्यक्ष (रुपन्देही), उपाध्यक्षमा  शंकर भाट कपिलवस्तु, नेत्र बहादुर रानाभाट (बाके), महासचिबमा माधब भाट क्षेत्री  ( कपिलवस्तु ), कोषाध्यक्षमा नारायण रानाभाट ( रुपन्देही),सह सचिबमा बिजय राना भाट (पाल्पा),सदस्यहरुमा केहर सिंह भाट,र रत्नबिक्रम क्षेत्री,(कपिलवस्तु), नुन बहादुर भाट,(अर्घाखाँची ) , टंक बहादुर रानाभाट ( रुपन्देही ) गोबिन्द रानाभाट (पाल्पा ),शेर बहादुर रानाभाट (पाल्पा),मिना बिसि भाट ( अर्घाखाँची ), खिम बहादुर रानाभाट ( बर्दिया ),दिनेश शापकोटा भाट ( बाके ) र नुयाराम रानाभाट (रुपन्देही )  सर्वसम्मत निर्वाचित भयका छन।

कार्यक्रममा प्रमुख अतिथी बाणगङ्गा नगरपालिका का मेयर चक्रपाणी अर्यालले रानाभाट / भाट समाज  लुम्बिनी प्रदेशको अधिवेशन बाणगङ्गमा आयोजना गरियकोमा खुसी ब्यक्त गर्दै भाट जातिको ऎतिहासिक एवं बिशिस्ट पृष्ठभुमि रहेको , प्रचिनकालिन तथा मध्यकालिन समयमा राज्य सन्चालनमा मार्गनिर्देशन का साथै रास्ट्रको  समृद्धिको निम्ति हरतरहबाट योगदान पुर्यायको जिकिर गर्दै रानाभाट / भाट समाज मुलुकको समृद्धिमा आगामी दिनहरुमा अझ धेरै योगदान दिन सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी रानाभाट / भाट समाज गण्डकी प्रदेशका अध्यक्ष सुरज रानाभाट , सितगङ्गा नगरपालिका का उपमेयर गिता भाटले भाट जातिको इतिहासको बारेमा प्रष्ट पार्दै भाट जातिको पहिचान रक्षका लागि किमार्थ पछि नहटिने जानाकारी गराउनु भयको थियो।।

कार्यक्रममा केन्दृय प्रतिनिधिहरु विभिन्न जिल्लाका  अध्यक्षहरु नेपाल पत्रकार  महासङ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायरका अतिथिहरुले अधिवेशन सफलताको  शुभकामना दिनु भयको थियो।।

कार्यक्रममा  ८० बर्ष  माथिका  जेष्ठ नागरिकलाइ   सम्मान पत्र,  नगद पुरस्कार एबम दोसल्ला ओडाएर सम्मान  गरियको थियो। कार्यक्रममा विभिन्न  सास्कृतिक कार्यक्रम  प्रस्तुत गरियको थियो।  लुम्बिनी प्रदेश अध्यक्ष भिम रानाभाटले  प्रस्तुत गर्नुभयको साङ्गठानिक  प्रतिवेदन गडगडाहट तालि साथ पारित गरियको  थियो ।साथै अधिवेशन सफल पार्न विभिन्न उपसमितिमा रहेर महत्त्वपूर्ण योगदान पुर्याउनु भयका संयोजकहरुलाइ  कदर पत्र प्रदान गर्नु भयको थियो।

अधिवेशनमा लुम्बिनी प्रदेशका अधिकाम्स जिल्ला बाट प्रतिनिधि मुलक सहभागिता रहेको थियो।  प्रतिनिधि, प्रयवेक्षक , आमन्त्रित साथै केन्द्रीय प्रतिनिधि गरि करिव २०० को उपस्थिति रहेको थियो।
रानाभाट/ भाट समाज लुम्बिनी प्रदेशको  प्रथम अधिवेशनको उद्घाटन समारोह  अध्यक्ष  भिम बहादुर रानाभाटको   अध्यक्षता , प्रदेश अधिवेशन आयोजक कमिटी सदस्य माधव भाट क्षेत्रीको सन्चालनमा सम्पन्न भयको थियो ।

उद्घाटन समारोह समापन भय सङ्गै बन्द सत्रको आयोजना गरियको थियो।  बन्दसत्र निबर्तमान अध्यक्ष भिम बहादुर रानाभाटको अध्यक्षतामा केन्द्रीय सदस्य खिम बहादुर बिसि.भाट , यमलाल भाट , मिना बिसि भाट र अर्जुन रानाभाट रहेको ५ सदस्यीय निर्वाचन मन्डलले नयाँ कार्यसमिति निर्वाचित गरेको थियो।

नव निर्वाचित समितिलाइ केन्द्रिय सदस्य खिम बहादुर बिसि भाट , गण्डकी प्रदेस अध्यक्ष सुरज रानाभाट लगायतले सफल कार्यकालको शुभकामना दिनु भयको थियो ।  अन्त्यमा अधिवेशन सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भयको थियो।

सम्बन्धित् समाचार