गृहपृष्ठ Featured नेपालमा ‘आदिपुरुष’ले दुई दिनमा कमायो एक करोड ५० लाख

नेपालमा ‘आदिपुरुष’ले दुई दिनमा कमायो एक करोड ५० लाख

काठमाडौँ ।

दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अलावा कृति सेन, सैफ अली खान लगायतको अभिनय रहेको फिल्म ‘आदिपुरुष’ अहिले नेपालमा प्रदर्शनरत छ ।

फिल्मको व्यवसाय भने अनुमान गरे जस्तो हुन सकेन । प्रदर्शन अगाडि ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग भएको विषयमा नेपालमा विरोधका भएपछि पूर्व अनुमानित  व्यवसाय गर्न नसकेको हो ।

विवादका कारण शुक्रबार बिहानी शो हुन नसकेको फिल्म दिवा शोबाट प्रदर्शन सुरु भएको थियो । विवादका कारण सोचेजस्तो कमाउन नसकेको फिल्मले नेपालमा औसत कमाई गर्न भने सफल भएको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा फिल्मले शुक्रबार र शनिबार दुई दिनमा १ करोड ५० लाखबढी कमाइ गरेको बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फिल्मको उपत्यका बाहिर खासै व्यवसाय देखिएको छैन ।

निर्माण समय देखिनै चर्चामा रहेको फिल्म ‘आदिपुरुष’को नेपालमा पनि क्रेज राम्रो देखिएको थियो ।

फिल्मको नेपाल वितरक मनोज राठीले फिल्मले आफूले साचेजस्तो व्यवसाय गर्न नसकेको बताए । फिल्मको व्यवसाय ठिकै छ । कति व्यवसाय गर्यो त्यो भने हेर्न बाँकी छ ।

सम्बन्धित् समाचार