गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

परासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० नदवामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागी मृत्यु भएको हो ।

चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

मृतक कहांर पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका-५ को विरकोटमा रहेको विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।

सम्बन्धित् समाचार