गृहपृष्ठ Featured रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

प्रकाशित मिति:

काठमाडौं ।

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी निर्णायक गोलमा पोर्चुगलले यूरोकप छनोटमा जित निकालेको छ । मङ्गलवार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।

रोनाल्डोले ८९ औँ मिनेटमा टीमका निर्णायक गोल गरेका हुन् ।

यससँगै रोनाल्डो २०० अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् । यो रोनाल्डोको कीर्तिमानी १२३औं अन्तर्राष्ट्रिय गोल हो ।

यस जितपछि पोर्चुगलले ४ खेलमा १२ अंक जोडेको छ ।

सम्बन्धित् समाचार