वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाका विद्यालय लामो समयको गर्मी विदापछि आजबाट खुल्दै छन् । १७ दिनको लामो विदा .पछि आज विद्यालय खुल्ने भएका हुन् ।
अत्याधिक गर्मी बढ्दै गएपछि नगरपालिकाले पटकपटक गर्मी विदा थप गरेको थियो ।
नगरपालिकाले पहिलो पटक गत जेठ २२ गतेदेखि २८ गतेसम्म, दोस्रो पटक असार १ गतेसम्म र पछि फेरी आजसम्मका लागी विदा दिएको थियो ।