गृहपृष्ठ Featured बाणगंगा- ७ ले दियो अपाङ्गता भएका ६ जनालाई बाख्रा

बाणगंगा- ७ ले दियो अपाङ्गता भएका ६ जनालाई बाख्रा

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका- ७ ले अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरेको छ । शारिरीक रुपमा अशक्त भएका वडाभित्रका ६ जनालाई विहिबार एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो ।

आर्थिक बर्ष २०७९/८० को लक्षित वर्गतर्फको कार्यक्रम अन्तर्गत उनीहरुलाई बाख्रा वितरण गरिएको वडा सचिव सन्तोष कुमार बैठाले बताए । अपाङ्गता भएका व्यक्तिहरु समाजका एक अभिन्न अंक भएका बताउँदै वडाध्यक्ष विष्णु गिरीले दैनिक जीवनयापनका लागी आयआर्जनको बाटो खोलिदिन वडाले उन्नत जातको बाख्रा (पाठी) वितरण गरेको बताए ।

उनले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न आग्रह गरे । वडामा रहेका सबै वर्गलाई वडाले समान दृष्टिकोणले हेरेको उनको भनाई छ ।

सम्बन्धित् समाचार