वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुका नेता तथा पुर्व जिल्ला सभापति राजेश आचार्यलाई भातृशोक परेको छ । नेता आचार्यका माईला दाई उमेश कुमार आचार्यको शनिबार आफ्नै निवास तौलिहवामा निधन भएको हो ।
उनको ६५ बर्षको उमेरमा असमायिक निधन भएको हो । मृतक आचार्यका एक श्रीमति, २ छोरा र ३ छोरी छन् ।
उनी तौलिहवाको एक मन्दिरमा पुजारीका रुपमा कार्यरत थिए भने अन्य विभिन्न संघसंस्थामा पनि आवद्ध थिए । उनी सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए ।