वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ ले खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । वडाको आयोजनामा यही असार २१ र २२ गते प्रतियोगिता गर्न लागिएको वडाध्यक्ष छविरेस्मी मगरले वैखरीलाई जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत मेन्स डबलतर्फको विजेता टोलीले ५० हजार, द्धितीयले ३० हजार र तृतीयले १५ हजार प्राप्त गर्ने छन् भने भेट्रान्स(४० बर्ष भन्दा माथि) डबल्सको विजेता टोलीले २० हजार, द्धितीयले १० हजार र तृतीयले ५ हजार प्राप्त गर्ने छन् ।
वडाध्यक्ष रेस्मीले प्रतियोगिता बुद्धरंगशाला चार नम्बर जीतपुरमा हुने जानकारी दिदैं प्रतियोगितालाई भब्यताका साथ सफल बनाउन अपिल समेत गरेका छन् ।
यस्तो छ सुचना :