बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्। बाँकेको जानकी गाउँपालिका– ६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन्।
घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए। उनका अनुसार आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरिसकेको छ।
मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।