वैखरी अनलाईन, कपिलवस्तु ।
कपिलवस्तुका होमराज आचार्य बज्रयोगिनी सामाजिक अभियन्ता २०८० बाट विभुषित भएका छन् । कपिलवस्तको बुद्धभूमि नगरपालिका ४ का आचार्य शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभुषित भएका हुन् । उनलाई उपप्रधानमन्त्री एवं गृहमंत्री नारायणकाजी श्रेष्ठले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
आचार्यलाई बज्रयोगिनी डान्स एवं म्युजिक एकेडेमीले विभुषित गरेको हो । विभुषित भए पश्चात उनले शिक्षा सुधार, सामाजिक न्याय स्थापना, पृथ्वीको आरोग्यता अभियानसंगै सबै प्रकारका सामाजिक विभेदको अन्त्यका लागि आफुले थालेको यात्रामा थप उर्जा मिलेको बताएका छन् ।
आचार्य एक दशक बढीदेखि सामाजिक क्षेत्रका काममा संक्रिय छन् । उनी एक जुझारु सामाजिक अभियान्ताका रुपमा परिचित छन् ।
आचार्य हरेक घरमा शिक्षा नामक संस्थाका संस्थापक समेत हुन् ।








