गृहपृष्ठ Featured बाणगंगामा माछा मार्ने क्रममा एक युवकको मृत्यु

बाणगंगामा माछा मार्ने क्रममा एक युवकको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिका-  ९ मा खोलामा माछा मार्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ ।  वडा नम्बर ९ भलवाडस्थित धिरी खोलमा माछा मार्ने क्रममा सोही स्थानका २५ बर्षीय विजय थापाको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेका अनुसार थापा बिहिबार घरदेखि माछा मार्ने भनेर निस्केका थिए ।
लामो समय सम्म थापा घरमा नआए पछि उनको खोजि थालेको र राति १० बजे स्थानियले उनको खोलाबाट उद्धार गरेका भए पनि उनको उनको मृत्यु भइसकेको थियो । उद्धार पुर्व नै थापाको निधन भइसकेको स्थानीयले बताएका छन् ।

शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पिपराबाट घटना स्थलमा पुगेको प्रहरीको टोलीले मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाएको जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार