काठमाडौं ।
यो साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सातामा १२ सय र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेको छ ।
साताको अन्तिम दिन आज छापावल सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको छ । आइतबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ मात्रै थियो ।