गृहपृष्ठ Featured रुपन्देहीमा हतियार देखाएर आतंक मच्चाउने एक जना पक्राउ

रुपन्देहीमा हतियार देखाएर आतंक मच्चाउने एक जना पक्राउ

प्रकाशित मिति:

भैरहवा ।

सडक निर्माण भइरहेको सिमावर्ती गाउँमा हतियार देखाएर आतंक मच्चाएर फरार रहेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको मर्चवारी गाउँपालिका-४ महदेबा बस्ने वर्ष ३० का इन्द्रकेश यादवलाई प्रहरीले चार दिनअघि घर नजिकैबाट पक्राउ गरेको हो ।

गत असार १९ गते राति साढे ११ बजेतिर मर्चवारी गाउँपालिका-४ पुन्हीकोटबाट दुबलिया जाने बाटोको खैरागाउँमा सडक कालोपत्र गर्ने क्रममा निर्माण व्यवसायीसँग विवाद हुँदा हतियार फायर खोलेर यादव फरार रहेको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

यादवमाथि जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद लिई प्रहरीले ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए ।

घटनास्थलबाट प्रहरीले यादवले प्रयोग गरेको लु ३३ प ७६५३ नं. को सुपर स्पिलिन्डर मोटरसाइकल, मेड टाइप ५४ चाईनिज पेस्तोल जस्तो देखिने एउटा हतियार, गोली दुई थान र फायर भएको खोका १ थान बरामद गरेको थियो ।

सम्बन्धित् समाचार